बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने योजनामा टाईम फर्मास्युटिकल्स
Last updated at 09:20 am
टाईम फर्मास्युटिकल्स लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासने गर्ने तयारी शुरु गरेको छ ।
आईपीओ निष्कासन गर्ने प्रस्ताव परित गर्न कम्पनीले आगामी वैशाख ११ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले नवलपरासीको गैडाकोटस्थित उद्योग परिसरमा अपरान्ह १२ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनसम्बन्धी कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्तावहरु लैजाने तयारी छ।
यसैगरी, सो सभाले कम्पनीको जारीपूँजीलाई ४२ करोड ९१ लाख ११ हजार ८००रुपैयाँबाट बढाएर ४६ करोड कायम गर्ने, जारीपूँजी मध्ये ७९ दशमलव ३४७८ प्रतिशत संस्थापक क समूहका लागि र २० दशमलव ६५२१ प्रतिशत सर्वसाधारण ख समूहलाई वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने छ।