नेप्सेकाे सीईओमा चुडामणि चापागाई नियुक्त
Last updated at 05:45 pm
बजार सञ्चालक नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्सेकाे सीईओमा नियुक्त गरेको हाे। उनले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गरेका छन् । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।
यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिएकाे बताइएकाे थियाे । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त थियाे ।
यसैबीच, नेप्सेका नवनियुक्त सीइओ चापागाईंले आजै अर्थ मन्त्रालयमा नियुक्तिपत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन्।
Visited 2 times, 1 visit(s) today