दोर्दी खोला जलविद्युतको हकप्रद शेयर आजदेखि निष्कासनमा
Last updated at 07:25 am
दोर्दी खोला जलविद्युत लिमिटेडले मंगलबार अर्थात् चैत १९ गतेदेखि हकप्रद शेयर निष्कासन शुरु गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन शुरु गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन शुरु गरेको हो ।अब कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको हकप्रद शेयरमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।