सिटिजन लाइफको साधारणसभाले पारित गर्यो २८.४ % लाभांश
Last updated at 07:37 am
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पनि पारित गरेको छ ।
यसैगरी, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको कुल २८ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २६ दशमलव ९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश छ। सभाले सो प्रस्ताव पनि अनुमोदन गरेको छ ।
सभाले बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६(ग) मा भएको तत्काल चुक्तापूँजी सम्बन्धी व्यवस्था संशोधन प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीबाट गरिएको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।