परासीमा सञ्चालनमा आयो ४ अर्ब लगानीको आल्मुनियम रड उद्योग
Last updated at 10:23 am
पश्चिम नवलपरासी जिल्लाको रामग्राम–१६ हकुहीमा आल्मुनियम रड उत्पादन गर्ने कम्पनी सञ्चालनमा आएको छ ।
४ अर्ब रुपैयाँ लगानीमा स्थापित उद्योगको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बुधबार उद्घाटन गरेका छन् । उनले अहिले नेपालमा वार्षिक ८ हजार टन आल्मुनियम रडको खपत रहेको र माग बढ्दो रहेको बताए ।
लिट्मस इन्डस्ट्रिजले आल्मुनियमरड उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएको हो । विदेशबाट तार ल्याउनुपर्ने बाध्यतालाई प्रतिस्थापन गर्ने लक्ष्यसाथ बिजुलीका तार, केबल र कन्डक्टर उत्पादन गर्न उद्योग स्थापना गरिएको उद्योगका कार्यकारी निर्देशक रोहित गुप्ताले बताए ।
उद्योगको वार्षिक २० हजार टन रड उत्पादन क्षमता छ । स्वदेशमा आयात कम गरेर विदेशमा समेत निर्यात गर्ने उद्योगको लक्ष्य छ । १५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा १०० भन्दा बढी कामदार छन् ।