विन नेपाल लघुवित्तको एफपीओ चैत २१ गतेदेखि निष्कासनमा
Last updated at 02:05 pm
विन नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले अब अंकित मूल्य १०० रुपैयाँका दरले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको ५१ हजार २९२।५ कित्ता शेयर निष्कासन गर्नेछ । लगानीकर्ताले उक्त शेयरका लागि लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन पाइनेछ। यसैगरी, एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ।
हाल कम्पनीको चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ छ। एफपीओ निष्कासनपश्चात कम्पनीको चुक्तापूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।
कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्कासन गर्न लागको हो।