सान्भी इनर्जीलाई आईपीओ निष्कासन गर्न अनुमति
Last updated at 06:17 am
सान्भी इनर्जीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई ३७ लाख ९० हजार कित्ता शेयर निष्कासनका लागि स्वीकृति दिएको हो । प्रभावित स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाका दरले यो शेयर निष्कासन हुनेछ ।
कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ । कम्पनीले इलामको सूर्योदय नगरपालिकामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ।
Visited 1 times, 1 visit(s) today