एप्पल सेक्युरिटिजलाई नेप्सेद्वारा निलम्बन
Last updated at 12:23 pm
बजार सञ्चालक नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ले एप्पल सेक्युरिटिज (ब्रोकर नम्बर १०१) लाई तीन दिनका लागि निलम्बन गरेको छ ।
तोकिएको समयभित्र राफसाफ कार्य नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङले पठाएको पत्रका आधारमा निलम्बन गरिएको नेप्सेले जनाएको छ ।
धितोपत्र बजारमा शेयर खरिदबिक्री भएको तीन दिन (टी प्लस थ्री) मा कारोबार राफसाफ गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई पालना नगरेकाले नेप्सेले निलम्बन बताएको छ।
Visited 1 times, 1 visit(s) today