प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा किसान होल्डिङ
Last updated at 10:09 am
किसान होल्डिङले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने मूख्य प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । गत चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत ३१ गते स्याङजामा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र सोही सार्वजनिक निष्कासनका लागि छुट्टाइएको शेयर मध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानूनमा तोकिएबमोजिम सम्बन्धित क्षेत्र तथा समूहलाई समेत आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
त्यसैगरी,सभाले आईपीओ निष्कासनका लागि अन्य कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गर्ने छ। सभाले गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पनि छलफल गरेर पारित गर्नेछ ।
कम्पनीले सहायक कम्पनी किसान मार्टमार्फत आफ्ना विभिन्न ब्राण्डका सामानहरुको उत्पादन गरि बिक्रीवितरण गर्दै आइरहेको छ ।