नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी कायममुकायम निर्देशक सुमन नेउपानेले पाएका छन् ।
डा डिल्लीराम पोख्रेलको स्थानमा उनी नियुक्त भएका हुन् ।पोख्रेल करिब २० महिना बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीमा थिए।
पोख्रेल अब गभर्नरको कार्यालयको कायम मुकायम कार्यकारी निर्देशकको भूमिकामा रहने छन् ।