सन नेपाल लाइफलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
Last updated at 07:56 am
सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न चैत तीन गते अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उक्त कम्पनीलाई १ बराबर ०.२७ अर्थात् २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
अब कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्नेछ ।
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ। हकप्रद निष्कासन तथा वितरणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्नेछ।
हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ।