नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिष्टमा, बुधबार अन्तरवार्ता
Last updated at 08:03 am
धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पाँच जनाको सर्टलिष्ट सार्वजनिक भएको छ ।
अर्थ मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै पाँच जनाको नाम सार्वजनिक गरेको हो । सीईओ पद नियुक्तिका लागि गठित सिफारिस समितिले अन्तरवार्ता प्रक्रिया अघि बढाएको हो ।
छनौट भएका पाँच जनालाई कार्यमूल्यांकन तथा प्रस्तुतीकरणका लागि आगामी बुधबार विहान ७ बजे बोलाइएको छ । सर्टलिष्टमा परेका पाँच जनामा पहिलो नम्बरमा चुडामणी चापागाई छन् ।यसपछि नारद कुमार लुईटेल,पूर्णप्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् ।
यसअघि उक्त पदका लागि १० जनाको आवेदन परेको थियो ।नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले केहि साता अघि छनोट समिति गठन गरेको थियो । नेप्सेका तत्कालीन सीईओ कृष्णबहादुर कार्कीले पुनः सोही पदमा आवेदन दिएता पनि उनी सर्टलिष्टमा परेका छैनन् ।
प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा सिफारिस समितिले ती पाँच मध्येबाट तीन जनाको नाम छनौट गरी सरकारलाई सिफारिस गर्नेछ । त्यसपछि सरकारले तीन नाममध्येबाट एकजनालाई नेप्सेको सीईओ नियुक्त गर्नेछ ।
तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ गतेदेखि नेप्सेको सीईओ पद खाली छ ।
हेर्नुहोस सूचना :