राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिद्धार्थ बैंकको ५ थान कम्प्युटर सहयोग
Last updated at 07:43 am
सिद्धार्थ बैंकको दाङस्थित घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई डेस्कटप कम्प्युटर सहयोग गरेको छ।
कम्पनीका शाखा म्यानेजर मिगलसिंह ठकुरीले प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेलाई पाँच थान कम्युटर सहयोगस्वरुप हस्तान्तरण गरेका हुन्।प्रतिष्ठानको सूचना प्रविधिलाई बलियो बनाउन र मेडिकल रेकर्ड प्रणालीलाई चुस्त राख्न कम्प्युटर सहयोग गरिएको उनले बताए।
प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले अब प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई व्यवस्थित गर्न सहज हुने जानकारी दिए।
अस्पताललाई कम्प्युटर सहयोगपछि थप प्राविधिमैत्री बन्न सघाउने, बिरामीको अभिलेखीकरणमा सहयोग पुग्ने, एकीकृत तथ्यांकमा सघाउने तथा डाटा भण्डारण र सेवा प्रवाह गर्न सहयोग पुग्ने आशा लिएको कम्पनीले बताएको छ।
Visited 1 times, 1 visit(s) today