२२ मेवा क्षमताको मान्डू हाइड्रोपावरको पुनर्निर्माण अन्तिम चरणमा
Last updated at 04:56 pm
२२ मेगावाट(मेवा) क्षमताको मान्डू हाइड्रोपावरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको पुनर्निर्माण ७७ प्रतिशत सकिएको छ ।
उक्त आयोजना गत असोज ११ र १२ गते बागमतीमा आएको बाढीबाट क्षतिग्रस्त बनेको थियो ।बाढीबाट खासगरी आयोजनाको हेडवक्स, पावर हाउस, पेनेष्टक पाइप र विद्युतको टावरमा धेरै क्षति पुगेको छ ।बाढीले आयोजनाको १ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको छ।
आयोजनास्रोतका अनुसार उक्त आयोजनाबाट आगामी चैत अन्तिम सातासम्ममा विद्युत् पुनः उत्पादन गर्ने योजना छ । हाइड्रोपावरमा प्राविधिक र कामदार गरेर १०० जनाभन्दा बढी जनशक्ति दुई महिनादेखि काममा खटिएका छन् ।
क्षतिग्रस्त पावर हाउसको रेक्ट्रोफिटिङ सकिइसकेको छ । पावरहाउसभित्र उपकरण जडान कार्य पनि भइरहेको छ । पेनस्टक पाइपको मर्मत एवं सुरुङमा पसेको बालुवा र लेदो निकाल्ने काम पनि अन्तिम चरणमा छ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको आयोजनाको हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप र विद्युत्को टावर बाढीपहिरोले क्षतिग्रस्त भएको थियो ।
आयोजनाको विजुली नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री सम्झौता छ।उक्त आयोजनामा निजी क्षेत्र र चीनियाँ म्पनीको संयुक्त लगानी छ ।
केहि वर्षअघि मात्र धितोपत्र बजारमा सूचीकृत उक्त कम्पनीको शेयरमूल्य हाल प्रतिकित्ता ९१७ रुपैयाँ छ ।