मुक्तिनाथ विकास बैंकको वृहत वित्तीय साक्षरता कार्यक्रम
Last updated at 07:05 pm
मुक्तिनाथ विकास बैंकले सातै प्रदेशहरुको विभिन्न स्थानमा फागुन महिनामा वृहत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रम विषेश गरि कृषक, उद्यमी, महिला तथा युवालाई लक्षित गरी आयोजना गरिएको कम्पनीले बताएको छ ।
यस कार्यक्रम अन्तर्गत व्यवसायिक योजनाको तयारी, बजारिकरणको सम्भवना,बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ्ग सेवाहरु, डिजिटल माध्यमबाट हुनसक्ने रकम अपचलन, ग्राहक अधिकारलगायतका विषयवस्तुहरु समेटिएका थिए ।
वित्तीय साक्षरता कार्यक्रममा सहभागीहरुले यस प्रकारका कार्यक्रमले भविष्यमा आईपर्ने वित्तीय जोखिमहरुलाई समयमा नै व्यवस्थापन गर्न सहज भएको बताएका थिए ।कम्पनीले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस किसिमका कार्यक्रमहरु विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताएको छ।
कम्पनीले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने,इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु शाखा कार्यालयमा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको पनि कम्पनीले बताएको छ ।