पूर्व बैंकर मार्क कार्नी क्यानाडाको नयाँ प्रधानमन्त्री
Last updated at 10:01 am
बैंक अफ क्यानाडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नी क्यानाडाको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
उनलाई क्यानाडाको सत्तारूढ दल लिबरल पार्टीले नयाँ नेता चयन गरेको छ । यससँगै उनी देशका आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।उनले आगामी दिनमा प्रधानमन्त्रीको शपथ लिनेछन् ।
उनले यस वर्षको शुरुवातमा पदबाट राजीनामा दिएका जस्टिन ट्रुडोको स्थान लिनेछन् । ५९ वर्षीय कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गरेका छन् ।
कुनै राजनीतिक पृष्ठभूमि नभएको व्यक्ति क्यानडाको प्रधानमन्त्री बन्न लागेको यो पहिलोपटक भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
चुनाव जितेलगत्तै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा सन्देश दिएका छन् । उनले ‘अमेरिकाले सम्मान नदिएसम्म’ अमेरिकी वस्तुमाथि प्रतिशोधात्मक भन्सार शुल्क जारी राख्ने भनेका छन् ।
राजनीतिमा नयाँ आएका कार्नीले पार्टीलाई पुनर्जीवित गर्न र अमेरिकी राष्ट्रपतिसँग व्यापार वार्ता गर्न सबैभन्दा उपयुक्त व्यक्ति आफू भएको पनि बताएका छन् ।
ट्रम्पले बारम्बार क्यानाडामा अतिरिक्त कर लगाउने धम्की दिइरहेका छन् । यदि त्यसो भएमा क्यानाडाको निर्यात–निर्भर अर्थतन्त्रलाई असर गर्न सक्ने अनुमान छ ।एजेन्सीहरु