यस्तो छ कुलमानले बुझाएको स्पष्टीकरण, पढ्नुहोस जवाफीपत्र(पूर्णपाठसहित)
Last updated at 08:01 am
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तत: सरकारलाई स्पष्टीकरण बुझाएका छन् । आइतबार उनले आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् ।
उनले जवाफी पत्रमा सरकारले आफूलाई प्रोत्साहित गर्नुको साटो निरुत्साहित र दण्डित गर्न खोजेको उल्लेख गरेका छन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत ‘तपाईंलाई किन नहटाउने’ भनेर सोधेको तीनदिने स्पष्टीकरणले आफू मर्माहत भएको पनि उनले उल्लेख गरेका छन् ।
साथै उनले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधानअनुसार आफूले कुन–कुन काम नगरेको भन्दै प्रतिप्रश्न गरेका छन् ।
स्पष्टीकरणमा उनले आफूलाई कारबाही गर्न आवश्यक नभएको पनि उल्लेख गरेका छन् ।तीन दिन अगाडि मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।
विस्तृतमा पढ्नुहोस पूर्णपाठ :