दोर्दी खोला जलविद्युतको शतप्रतिशत हकप्रद चैत १९ गतेदेखि निष्कासनमा
Last updated at 03:26 pm
दोर्दी खोला जलविद्युत कम्पनीले आगामी चैत १९ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसरी निष्कासन हुने शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।
लगानीकर्ताले विराटनगर,वीरगञ्ज,पोखरा,बुटवल,विराटनगर,विरेन्द्रनगर,धनगढी,लमजुङस्थित सानिमा बैंकका शाखा कार्यालयहरु र सानिमा क्यापिटलको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसैगरी, मेरोशेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ। कम्पनीले हकप्रद निष्कासनपछि प्राप्त हुने रकम विभिन्न बैंकको ऋण तिर्न उपयोग गरिने बताएको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन गर्न गत माघ २२ गते स्वीकृती दिएको थियो ।