स्वरोजगार लघुवित्तको लाभांश घोषणा,नगद कति ?
Last updated at 03:52 pm
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीको फागुन २१ गते बुधबार दिउँसो ५ बजे बसेको सञ्चालक समितिको बैठकले १४ दशमलव ६२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारीत गर्ने गरि आर्थिक वर्ष २०८०/०८१ सम्मको वितरण योग्य मुनाफाबाट दिने गरि लाभांश घोषणा गरेको हो ।
जसमा १३ दशमलव ८९३८२ प्रतिशतले हुने रकम ९ करोड ३२ लाख ४२ हजार ११० रुपैयाँ नगद लाभांश र कर प्रयोजनार्थ शून्य दशमलव ७३१२५ प्रतिशतले हुने रकम ४९ लाख ७ हजार ४७९ दशमलव ४६ रुपैयाँ रहेको छ।
हाल कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ ।
यसैगरी, हाल कायम पूँजी संरचना बमोजिम संस्थापक समूहको शेयर स्वामित्व ५४ दशमलव २६ प्रतिशत तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व ४५ दशमलव ७४ प्रतिशत रहेकोमा सर्वसाधारणतर्फको शेयर स्वामित्व बढाई ४७ दशमलव २८ प्रतिशत पुयाउने प्रयोजनका लागि कम्पनीले गत फागुन १८ गतेदेखि २१ गेसम्म १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
वार्षिक साधारण सभा सञ्चालन प्रयोजनार्थ बुक क्लोज हुनु अगावै उक्त परिमाणको शेयर नेप्सेमा सूचीकरण भएमा थप सूचीकृत शेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने कम्पनीको भनाइ छ ।
एफपीओमार्फत थप हुने शेयरसहित हुन आउने चुक्तापूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ को प्रस्तावित बोनस शेयरबापतको रकम १३ दशमलव ५० प्रतिशत र नगद लाभांश वापतको रकम शून्य दशमलव ७१०५३ प्रतिशत गरि प्रस्तावित कुल लाभांशवापतको रकम १४ दशमलव २१०५३ प्रतिशत हुने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।