फागुन २७ गतेदेखि ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ निष्कासनमा
Last updated at 02:26 pm
ओम मेगाश्री फर्मास्यूटिकल्सले आगामी फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछ ।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता रअधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
धितोपत्र निष्कासन बन्द अवधि छिटोमा चैत ३ गते हुनेछ भने ढिलोमा चैत १२ गते हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।
Visited 1 times, 1 visit(s) today