नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’मा स्वस्तिमा खड्का,सेवा प्रबर्द्धन तथा बजारीकरणमा टेवा पुग्ने
Last updated at 08:27 pm
नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा उनलाई नियुक्त गरेको हा ।सो सम्बन्धि सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी तथा अभिनेत्री स्वस्तिमा खड्काले हस्ताक्षर गरेका छन्।
सो अवसरमा उक्त कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्द्धन तथा बजारीकरण कार्यमा टेवा पुग्ने बिश्वास लिएको बताइन् ।
कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
यस सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरु गर्नुपर्ने छ। हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने उक्त सम्झौतापत्रमा उल्लेख छ ।