दार्चुलाको महाकालीमा प्रभु बैंकको ३९२औं शाखा
Last updated at 06:22 pm
प्रभु बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित महाकाली नगरपालिका–४ खलंगामा आइतबारदेखि ३१२ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
कम्पनीले शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । यस अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे कम्पनीले बताएको छ ।
कम्पनीको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।
दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने विश्वास लिएको कम्पनीले बताएको छ । दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।