महालक्ष्मी विकास बैंकद्वारा दुई दिने वाकाथन आयोजना
Last updated at 06:31 pm
महालक्ष्मी विकास बैंकले वातावरण संस्कृति तथा सम्पदा संरक्षण र दिगो बैंकिङका लागि वाकाथन आयोजना गरेको छ ।
कम्पनीले हालै वार्षिक कार्यक्रम तथा दुई दिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारालाई आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन आयोजना गरेको हो ।
कम्पनीका उच्च अधिकारी, कर्मचारी र सरोकारवालाहरूको सहभागितामा सम्पन्न वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै विशेष र्यालीको आयोजना गरिएको थियो ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढेका थिए ।
सो अवसरमा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो ।कम्पनीले मुलुकभर १०३ वटा शाखाहरू सञ्चालन गर्दै ८ लाख ग्राहकलाई सेवा पुर्याइरहेको बताएको छ।