बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
Last updated at 05:58 pm
बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले हकप्रद निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा गत फागुन १६ गते निवेदन दिएको छ।कम्पनीले १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
अंकितमूल्य १०० रूपैयाँको दरले ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासन गर्न कम्पनीले अनुमति मागेको हो।
हाल कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ छ । सो परिमाणमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएमा कम्पनीेको पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल छ।
Visited 1 times, 1 visit(s) today