सोह्रखुट्टेमा ‘रोयल थिम’सहित जी–रामायण होटल सञ्चालनमा
Last updated at 05:37 pm
काठमाडौंको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ ।
पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुने छन् ।
हाल सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा उमेश गुप्ताले बताए । दुई दशकभन्दा बढी समय ट्राभल क्षेत्रमा अनुभव हासिल गरेका उनले विभिन्न मुलुकको भ्रमणपछि नेपालमा मौलिक र विलासी सुविधासहित होटल खोल्ने लक्ष्यअनुसार जी रामायण सञ्चालनमा ल्याइएको बताए ।
होटलको कोठाअनुसार प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क निर्धारण गरिएको छ । लन्डन स्वीट, रोयल राजस्थान स्वीट र टर्किश स्वीटका रुमहरु रहेको यो होटल नेपालका लागि पृथक अनुभव हुने बताइएको छ ।
सात तले यस होटलमा अन्तरराष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जीम, साउना, स्वीमिङ पुललगायत सुविधा छन् । होटलमा ३०० जनाका लागि बैंक्वेट सुविधा रहेका छन् । रेष्टुरेन्टलगायतका अन्य सबै सुविधा रहेको होटलमा अध्यक्ष गुप्तासहित साजन शाक्य, नाफिसा खातुनको लगानी छ ।
होटलमा पार्किङ लगायत सुविधा छ भने यो होटल काठमाडौं दरबार स्क्वायरबाट मात्र १ दशमलव ९ किमी टाढा छ भने गार्डेन अफ ड्रीम्ससम्म ५ मिनेटमै पुग्न सकिन्छ । होटलका कोठाहरूमा बिडेट, छुट्टै ट्वाइलेट, र सावरजस्ता सुविधाहरू छन् साथै हेयर ड्रायर र तौलियाहरू पनि उपलब्ध छन् ।