ईयूका कार र अन्य उत्पादनहरूमा अमेरिकाले २५ % कर लगाउने
Last updated at 06:15 pm
अमेरिकाले यूरोपेली संघ (इयू) बाट आउने कारहरू सहितका अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने बताएको छ ।
यो कुरा बिहीबार मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् । उनले औपचारिक रुपमा आफ्नो प्रशासनले चाँडै यसको घोषणा गर्ने पनि बताएका छन् । उनले कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने बताए ।
अमेरिकाको ईयूसँग करिब ३०० अर्ब डलरको व्यापार घाटा छ । अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै ईयूले आफ्ना उत्पादनहरु स्वीकार नगरेको आरोप लगाए ।
ट्रम्पले यसअघि नै चीनमा १० प्रतिशत थप कर लगाउने घोषणा गरिसकेका छन् । अमेरिकाले मेक्सिको र क्यानडामा प्रस्तावित कर मार्च ४ देखि लागू हुने र सोही मितिमा चीनमाथि थप १० प्रतिशत कर लगाइने पनि बताएको छ ।उता चीनले भने कोइला र कृषि मेसिनरी लगायत अमेरिकी उत्पादनहरूमा आफ्नै शुल्क लगाएर अमेरिकाबाट पहिलो चरणको करको जवाफ दिइसकेको छ।
चीन, मेक्सिको र क्यानडा अमेरिकाका शीर्ष तीन व्यापार साझेदार हुन्, जसले गत वर्ष अमेरिकामा भएको आयातको ४०प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।तर अर्थशास्त्रीहरूले ती देशका सामानहरूमा कर लगाउँदा अमेरिकामा आईफोनदेखि एभोकाडोसम्म सबै चीजको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्।एजेन्सीहरु