युनाइटेड इदी मर्दीको लाभांश घोषणा
Last updated at 10:37 am
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले गत आर्थिक वष २०८०/०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो ।
यसका साथै कम्पनीले १ बराबर १ शेयर अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।हाल कम्पनीको चुक्तापूँजी ४४ करोड ३१ लाख रुपैयाँ छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीमा १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
यसका साथै कम्पनीले १५ औं वार्षिक साधारणसभा पनि बोलाएको छ ।सभा आगामी चैत ११ गते कास्कीको पोखरास्थित काब्या क्लवमा बोलाएको छ ।
साधारणसभाका लागि कम्पनीले फागुन २३ गते बुक क्लोजको मिति तय गरेको छ । फागुन २२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने र साधारणसभामा भाग लिन सक्नेछन् । हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७०५ रुपैयाँ छ ।