कामना सेवा विकास बैंकले ल्यायो मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्ने सुविधा
Last updated at 10:59 am
कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
अब ग्राहकहरुले बैंकमा भौतिक रुपमा उपस्थित नभई बैंकको मोबाइल एप केएसआई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् ।
ग्राहकहरूले अब बैंकमा जानु पर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । केएसआई मोबाइल बैंकिङमा लगइन गरी फिक्स डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिनेछ ।
कम्पनीले प्रविधिको विकासलाई आत्मसाथ गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिंदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको बताएको छ ।
Visited 2 times, 1 visit(s) today