तुलसीपुर बजारमा सिसिटिभी क्यामेरा जडान गर्न मुक्तिनाथ विकास बैंकको सहयोग
Last updated at 06:43 am
मुक्तिनाथ विकास बैंकले तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’अभियानलाई साथ दिएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्यूनिकरण र पहिचान गर्न विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न आर्थिक सहायोग गरेको हो ।
उद्योग वाणिज्य संघको पहलमा सञ्चालित यस प्रकारको अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानिय जनतामा समेत सुरक्षाको प्रत्याभुती मिल्ने विश्वास लिएको कम्पनीले बताएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका अन्य पदाधिकारीहरु र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका तुलसीपुर शाखा प्रमुख सरोज कुमार लामिछानेले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
यसका साथै कम्पनीले नेपालमै टिक्न सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको बताएको छ ।
कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड,मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा लगायत जस्ता सेवाहरु भौतिक रुपमा कार्यालयमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बताएको छ ।