सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा
Last updated at 07:24 pm
सिटिजन्स बैंक इन्टरनेशनलको ११९ औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा आएको छ। यससँगै काठमाडौं उपत्यका भित्र कम्पनीको ४० वटा शाखाहरु र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
हरिसिद्धीमा आइतबार आयोजित एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका छन् ।सो अवसरमा अध्यक्ष पाण्डेले ग्राहकहरुलाई सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याँउदै विश्वास र समर्थन समेटेर अगाडि बढ्ने बताए ।
सो अवसरमा सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।
सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष नि : शुल्क प्राप्त गर्न सकिने छ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छूटको व्यवस्था छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५०प्रतिशत छूट उपलब्ध छ ।
कम्पनीको देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुमार्फत् १८ लाख ५० हजार ग्राहकहरूमाझ सेवा सञ्चालनमा छन् ।