सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटल भ्याली भ्यूमा छूट दिने सम्झौता
Last updated at 07:05 pm
सांग्रिला डेभलपमेन्ट बैंक र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यू बीच छूट दिने सम्झौता भएको छ ।
जसअनुसार कम्पनीका ग्राहकलेस्टे होटल भ्यालीभ्यूमा सांग्रिला डेभलपमेन्ट बैंकको डेविट कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छूट पाउने छन् । यस्तै, कम्पनीका कर्मचारीले २० प्रतिशत छूट पाउने छन् ।
यस सम्बन्धी सम्झौतापत्रमा कम्पनीको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्कबहादुर शाहीले आइतबार हस्ताक्षर गरेका छन्। उक्त सम्झौता दुई वर्षका लागि लागू हुने कम्पनीले बताएको छ।
यस सम्झौताबाट आफ्ना ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीले लिएको छ ।कम्पनीले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।