कोदाली भेन्चर्सले नेपाली बजारमा ल्यायो स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादन
Last updated at 07:10 am
महिलाहरूको नेतृत्वमा सञ्चालित अग्रणी कम्पनी कोदाली भेन्चर्स प्राइभेट लिमिटेडले नेपाली बजारमा स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादनहरू ल्याएको छ।
कम्पनीले स्थानीय किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ् दाल, भटमास जस्ता रैथाने अन्नहरूमा आधारित उत्पादनहरू विकास गरेको छ। यी उत्पादनहरूमा कुनै रासायनिक प्रशोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव स्वास्थ्यका लागि लाभदायक छन्।यतिमात्र नभएर कम्पनीले फापर फ्लेक्स, भिगन प्रो, माइ चोइस, प्यानकेकलगायतका खाद्य पदार्थ बजारमा ल्याइसकेको छ ।
कम्पनीले आफ्ना उत्पादनहरूमा कुनै रसायन प्रयोग नगरी, प्राकृतिक विधिबाट उत्पादन गर्छ। यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ। साथै, यसले नेपाली उत्पादनहरूमा नै अधिकतम पौष्टिक तत्व हुने गरी उत्पादन गरेकाले यसले नेपाली खाद्य संस्कृतिलाई पनि बढावा दिइरहेको छ।
भविष्यमा, कम्पनीले विश्व बजारमा नेपाली पहिचानसहित आफ्ना उत्पादनहरू विस्तार गर्ने योजना बनाएको बताएको छ। यसले नेपाली महिलाहरूको उद्यमशीलता र नेतृत्वलाई पनि प्रोत्साहन दिइरहेको कम्पनीको भनाइ छ।
फापर फ्लेक्स : यो टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ। यो कम प्रसोधित खाद्य पदार्थ हो र पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त छ।
भिगन प्रो : यो टुसा उमारिएको मूङ्, तिल र जडिबुटिहरूबाट बनेको २५५ प्रोटिन युक्त पीठो हो। यसलाई बारा, सूप, वा आँटाको पीठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ। यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो।
माइ चोइस : यो टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ हो। यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्छ र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्छ।
प्यानकेक (मिठ्ठो गिले रोटी) : यो अंकुरित अन्नहरू जस्तै जौ, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो। यो रसायन रहित उत्पादन हो र ओमेगा(३ जस्ता पोषक तत्वले भरपूर छ, जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ।