महाशिवरात्रीमा केबलकार टिकट खरिदमा चन्द्रागिरि हिल्सको ५०% छूट सुविधा
Last updated at 04:35 pm
काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले महाशिवरात्रीको अवसरमा आयोजना हुने महाआरतीलाई लक्षित गर्दै केबलकार टिकटमा ५० प्रतिशत छूट दिने सुविधा ल्याएको छ ।
कम्पनीका अनुसार महाआरतीका दिन साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटखरिदमा उक्त छूट प्राप्त हुनेछ ।
कम्पनीका अनुसार महाशिवरात्रिको पूरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ भने साँझ ५ बजेपछि विशेष महाआरती हुनेछ । यो वर्षको महाशिवरात्रि १४ फागुनमा परेको छ ।
Visited 1 times, 1 visit(s) today