धितोपत्र बजार सहभागीहरुका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी
Last updated at 05:53 pm
नेपाल धितोपत्र बोर्डले बिहीबार धितोपत्र बजार सहभागीहरुका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीहरुका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन “Guidelines on Targeted Financial Sanctions for Securities Markets Participants” जारी गरिएको बोर्डले बताएको छ ।
मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको युनाइटेड नेसन स्याङ्सन्स लिस्टमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा संगठन धितोपत्र बजार सहभागीहरुले कारोबारको तथ्यांक (डेटाबेस) मा भए वा नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने भनिएको छ ।
साथै उसले उक्त तथ्यांकको आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा संगठनको कुनै सम्पति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पति वा कोष रोक्का राख्नुपर्ने व्यवस्था गरिएको पनि बताएको छ ।
त्यसैगरी,बोर्डले धितोपत्र बजार सहभागीहरुले आफ्नो कार्य सञ्चालन गर्दा आतंककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्ने र सम्बन्धित शंकास्पद व्यक्तिका सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्नुपर्ने मार्गदर्शनको मूख्य व्यवस्था रहेको बताएको छ ।
Visited 1 times, 1 visit(s) today