ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
Last updated at 06:45 pm
ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५०लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु निष्कासन गर्ने कार्यका लागि आइतबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।
सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणहरुमा उक्त परिमाणको शेयर निष्कासन गर्ने छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई उक्त कम्पनीले २०८० साल कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त लिएरलघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।