समाज लघुवित्तको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त
Last updated at 11:37 am
समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा उपेन्द्र चौधरी नियुक्त भएका छन् ।
कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । यसैगरी, सोही बैठकले अध्यक्ष सन्तोषी महतोले पदबाट दिएको राजीनामासमेत स्वीकृत गरेको छ ।
यसैगरी, सोही बैठकले संस्थापक सदस्य जितु महतो तथा सर्वसाधारण सदस्य युवराज गौतमलाई आगामी साधारण सभा नभएसम्मका लागि सञ्चालक सदस्य पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।
Visited 2 times, 1 visit(s) today