दोस्रो त्रैमासमा सान्जेन जलविद्युतको नोक्सानी साढे १३ लाख
Last updated at 03:16 pm
सान्जेन जलविद्युत कम्पनीले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीले १३ करोड ५६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा उक्त कम्पनी ३ करोड ५७ लाख रुपैयाँ नाफामा थियो ।
समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्री आम्दानी २१ करोड ३९ लाख रुपैयाँ गरेको छ । यस्तो आम्दानी गत आवको सोही अवधिसम्ममा ७ करोड १४ लाख रुपैयाँ मात्र थियो ।
यसैगरी, उक्त अवधिसम्ममा कम्पनीको वित्तीय खर्च भने बढेर १७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । खर्च बढेका कारण कम्पनी घाटामा गएको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ दशमलव ४३ रुपैयाँ ऋणात्मक र प्रतिशेयर नेटवर्थ ८५ दशमलव ४३ रुपैयाँ छ । कमपनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ छ ।
हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३५३ रुपैयाँ छ ।