फरवार्ड माइक्रोफाइनान्सको नाफामा सुधार,यस्ता छन् अन्य सूचक
Last updated at 04:02 pm
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
सो अवधिसम्ममा कम्पनीले ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा उक्त कम्पनी २ करोड ५८ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको सञ्चालन आम्दानी बढ्नुका साथै इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको देखिन्छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले अहिले १ करोड २४ लाख सञ्चालन नाफा गरेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीका सञ्चालन घाटा १ करोड ९३ लाख रुपैयाँ थियो। त्यसैगरी, कम्पनीको इम्पेरिमेन्ट चार्ज २६ करोड ५५ लाख रुपैयाँ छ ।
कम्पनीको खुद ब्याज आम्दानी ४६ करोड ६० लाख रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ७ दशमलव ७१ प्रतिशतबाट घटेर ५ दशमलव ३५ प्रतिशत कायम छ ।
कम्पनीको वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ देखिन्छ । यसैगरी, कम्पनीको रिजर्भ कोषमा १ अर्ब ६८ करोड रुपैयाँ सच्चित छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १ दशमलव ४८ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने २५१ दशमलव ९४ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब १९ करोड रुपैयाँ छ ।कम्पनीको शेयरमूल्य हाल दोस्रो बजारमा १ हजार २७० रुपैयाँ प्रतिकित्ता छ।