नेपाल टेलिकमको नाफा ३२.९७% ले घट्यो, यस्ता छन् अन्य सूचकहरु
Last updated at 10:26 am
नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिन्छ।
समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको ३२ दशमलव ९७ प्रतिशत कम हो। गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घटेकाले खुद नाफामा पनि असर परेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको आम्दानी १ दशमलव ४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ३६ दशमलव ३० प्रतिशत र कुल आम्दानी ८ दशमलव ४० प्रतिशतले घटेको छ। कम्पनीको वित्तीय खर्च भने शून्य दशमलव १९ प्रतिशत घटेको छ।
यसैगरी, कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको देखिन्छ। कम्पनीको यस्तो आम्दानी १४ दशमलव ४० रुपैयाँ घटेर २९ दशमलव २८ रुपैयाँमा झरेको छ।
त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ५०६ दशमलव ३४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३० दशमलव ३३ गुणा छ। कम्पनीको चुक्तापूँजी १८ अर्ब रुपैयाँ छ ।