अर्थसचिवमा घनश्याम उपाध्यायको सरुवा,रामप्रसाद घिमिरे राष्ट्रपति कार्यालयमा
Last updated at 09:05 am
सरकारले अर्थ सचिवमा घनश्याम उपाध्यायलाई ल्याएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत रहेका उपाध्यायलाई सरकारले अर्थसचिवमा सरुवा गरेको हो ।
अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ । राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा भएका छन् ।
आयोगमा सात महिनाअघि सरुवा भएका उपाध्याय त्यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव थिए । त्यहाँ चार महिना जिम्मेवारी सम्हालेपछि अख्तियारमा सरुवा भएको थियो ।
उनले यसअघि सहसचिव हुँदा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएर काम गरेका थिए भने बागमती प्रदेशको प्रमुख सचिवको रुपमा पनि काम गरेका थिए । उनले ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सम्हाली सकेका छन् ।