जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न,१०२ राइडरको सहभागिता
Last updated at 07:11 am
जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सोमबार सम्पन्न भएको छ ।
प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी थिए । जनकपुरको १२ बिघामा आयोजित उक्त प्रतियोगितामा ४०० भन्दा बढिको उपस्थिती रहनुका साथै माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाएका थिए ।
उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३ दशमलव ६ किमि प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै, ८८ दशमलव २ किमि प्रतिलिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद शाह दोस्रो स्थानमा थिए भने ८६ दशमलव ४ किमि प्रतिलिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो स्थानमा थिए ।
यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवर्द्धन गरेको कम्पनीले बताएको छ ।
ग्राहकलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताए ।
बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल धेरै लोकप्रिय छ ।