डिप्रोक्स लघुवित्तको नाफा शतप्रतिशत वृद्धि
Last updated at 06:53 pm
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको खुद नाफा शतप्रतिशत वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिसम्ममा कम्पनीले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा १०२ दशमलव ४९ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण कम्पनीको खुद नाफा बढ्नमा टेवा पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६८ दशमलव ९८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी भने २३ दशमलव १४ प्रतिशत घटेको छ। यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी ५३ दशमलव २६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि १११ दशमलव ९२ प्रतिशतले बढेको छ।
यसैगरी, कम्पनीको वितरणयोग्य मुनाफा ४२ करोड ३० लाख रुपैयाँ छ।समीक्षा अवधिसम्ममा कम्पनीको रिजर्भ कोषमा १ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ।कम्पनीको रिटेन्ड अर्निङमा ४२ करोड ३० लाख रुपैयाँ छ ।
चालू आवको पुस मसान्तसम्ममा कम्पनीले २१ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेर सापटी लिएर २४ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी २८ दशमलव ८० रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०४ दशमलव २२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २७ दशमलव २६ गुणा छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड रुपैयाँ छ ।