दोस्रो त्रैमासमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बढायो नाफा
Last updated at 07:06 pm
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपष्किृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ । जसअनुसार सो अवधिसम्ममा कम्पनीको खुद नाफा बढेको देखिएको छ ।
कम्पनीले सो अवधिसम्ममा २३ करोड १६ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तो नाफा गत आवमा भने २१ करोड ९७ लाख ३० हजार रुपैयाँ थियो । यस्तो नाफा गत आवको तुलनामा समीक्षा अवधिमा ५ दशमलव ४४ प्रतिशतले बढी हो ।
यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ छ । समीक्षा अवधिसम्ममा कम्पनीको महाविपत्ति कोषमा १३ करोड ४३ लाख रुपैयाँ छ। गत आवको सोही अवधिसम्ममा महाविपत्ति कोषमा १२ करोड ५४लाख रुपैयाँ थियो। यो कोषको आकार पनि ७ प्रतिशतले बढेको छ ।
यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिसम्ममा भने यस्तो रकम २ अर्ब ७८ करोड ६९ लाख ४९ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेसँगै यसको खुद नाफा पनि बढेको देखिन्छ। चालू आवको पुसमसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब ११ करोड १४ लाख ७८ हजार रुपैयाँ छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यो गत आवको सोही अवधिको तुलनामा १८ दशमलव ७३ प्रतिशतले बढी हो ।
यसैगरी, समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९ दशमलव ३६ रुपैयाँ छ।कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमलव ३६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११४ दशमलव ३८ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँ छ ।