शिवम् सिमेन्ट्सको नाफा घट्यो, यस्ता छन् अन्य सूचक
Last updated at 11:57 am
शिवम् सिमेन्ट्सले चालू आर्थिक वर्ष २०८१ /८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको नाफा घटेको छ।
समीक्षा अवधिमा कम्पनीको नाफा ६१ दशमलव ७७ प्रतिशत घटेर ५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। गत आवको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिसम्ममा कम्पनीले ३ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ८८ प्रतिशतले कम हो। गत आवको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो।
सञ्चालन आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २० दशमलव ६३ प्रतिशत घटेको छ भने अन्य आम्दानी पनि २७ दशमलव ९७ प्रतिशतले घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च १२.३८ प्रतिशतले घटेको छ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा नाफासँगसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। कम्पनीको यस्तो आम्दानी ३दशमलव ८३ रुपैयाँबाट २ दशमलव ८ रुपैयाँमा झरेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २ दशमलव ०८ रुपैयाँ छ।त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १७५दशमलव ३१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २५५ दशमलव ७६ गुणा छ।कम्पनीको चुक्तापूँजी ५ अर्ब ४५ करोड रुपैयाँ छ ।