अपि पावरको खुद नाफा ३१ करोड १६ लाख
Last updated at 05:55 pm
अपी पावर कम्पनीले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।जसअनुसार उक्त अवधिमा कम्पनीको नाफा १४५ गुणाले बढेको छ ।
वित्तीय विवरणअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो नाफा २१ लाख ४३ हजार रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी बढ्नुका साथै लगानीको वास्तविक मूल्याङ्कन वापतको नाफाको कारण खुद नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ८५ करोड ८० लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड थियो ।
तर कम्पनीको वित्तीय लागत भने बढेको देखिन्छ। यस्तो लागत गत आवको सोही अवधिसम्ममा २१ करोड ४७ लाख रुपैयाँ रहेकोमा चालू आवको पुसमसान्तसम्ममा ३३ करोड ९३ लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १० दशमलव २६ रुपैयाँ छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ दशमलव १८ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ छ ।हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २७६ दशमलव ९० रुपैयाँ छ ।