नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बीच व्यवसायिक सम्झौता
Last updated at 08:01 am
नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बीच व्यवसायिक सम्झौता भएको छ ।
कम्पनीले बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी उक्त बैंकसँग बीमा व्यवसायमा सहकार्यमन लागि सम्बन्धी द्विपक्षीय सम्झौता गरेको बताएको छ।
बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा बुधबार आयोजित एक कार्यक्रममा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंकका डेपुटी सीईओ समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन्। सो अवसरमा नेपाल माइक्रोका डेपुटी सीईओ अनिल राज गिरी, प्रमुख विकास अधिकृत मनोज कुमार चौधरी र मुक्तिनाथ विकास बैंकका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको समेत उपस्थिति थियो ।
कम्पनीका सीईओ रिमालले यस किसिमको सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताए ।
साथै उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सिमान्तकृत लगायतका समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे ।
यसैगरी, मुक्तिनाथ विकास बैंकका डेपुटी सीईओ बज्राचार्यले सकारात्मक सोचलाई निरन्तरता दिंदै यस्तो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नबिन कार्य र प्रभावका लागि भएको बताए ।