मिथिला लघुवित्तको नाफा ३ करोड ७४ लाख, यस्ता छन् प्रमुख सूचकहरु
Last updated at 11:41 am
मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा १८१ दशमलव २९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिसम्ममा कम्पनीले करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेको छ। जसका कारण कम्पनीको खुद नाफामा टेवा पुगेको हो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६७ दशमलव १६ प्रतिशतले वृद्धि भएर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, गत आवमा भने यस्तो आम्दानी ५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी थियो ।कम्पनीको रिजर्भ कोषमा १९ करोड ४७ लाख ८० हजार रुपैयाँ छ ।
त्यसैगरी, कम्पनीको सञ्चालन नाफा पनि ३६६ दशमलव ६६ प्रतिशतले बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेका थियो । त्यस्तै समीक्षा अवधिसम्ममा कम्पनीको कर्जा ४ दशमलव ४७ प्रतिशतबाट बढेर ४ दशमलव ८५ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको रिजर्भ कोषमा १९ करोड ४७ लाख रुपैयाँ छ । यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ३८दशमलव २४ रुपैयाँ (वार्षिक) र प्रतिशेयर नेटवर्थ १९९ दशमलव ३८ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ छ ।