अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमती
Last updated at 07:58 pm
नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु बीच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमापारस्परिक सहकार्य गर्ने सहमती भएको छ ।
उक्त सहमतीअनुसार आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजना गरी आवश्यक सुधार समेत गरिने छ । यसैगरी, दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने लक्ष्य छ ।
त्यस्तै,पारस्परिक सहकार्य मार्फत् उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमताबीचको खाडल पूरा गर्ने पनि लक्ष्य छ ।
उक्त सम्झौता अनुसार लेवल एकबाट तालिमको शुरुआत गर्ने र क्रमसः लेवेल दुईमा जाने तथा आवश्यकताअनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिन्टेशन दिलाइने छ ।
त्यस्तै तालिम र पाठयक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसँग सहमती गरी (एमओयू) अघि बढाइने छ। उक्त छलफलमा नाडाका तर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो ।
दुई निकायहरुबीच भएको यस्तो एतिहासिक पारस्परिक सहमतीले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा छ ।