जीवन विकास लघुवित्तको नाफासँगै अन्य सूचकमा पनि सुधार
Last updated at 08:14 am
जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार प्रकाशित गरेको छ ।उक्त वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले २० करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।यो नाफा गत आवको तुलनामा १५ दशमलव ५७ प्रतिशतले बढी हो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले कम्पनीको खुद नाफा बढ्नमा टेवा पुगेको देखिन्छ। खुद ब्याज आम्दानी पनि २८ दशमलव ०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख २१ ह्जार रुपैयाँ पुगेको छ । त्यसैगरी, सञ्चालन आम्दानी पनि १५ दशमलव ५७ प्रतिशतले बढेर २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी,कम्पनीको रिजर्भ कोषमा १ अर्ब ४१ करोड ३३ लाख ८० हजार रुपैयाँ सञ्चित छ । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङ्गमा ७२ करोड ६४ लाख ४२ हजार रुपैयाँ छ ।
यसैगरी,कम्पनीको प्रतिशेयर आम्दानी ३० दशमलव ४९ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २५८ दशमलव ८ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ छ ।