शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?
Last updated at 05:05 pm
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/ ०८१ सम्मको मुनाफाबाट शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको गत माघ १५ गते बसेको बैठकले मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १० प्रतिशत बोनस शेयर र ०दशमलव ५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश छ ।
कम्पनीका अनुसार कुल २७ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने छ । कम्पनीले हाल कायम २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्तापूँजीमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुनेछ । हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७९५ रुपैयाँ छ ।
Visited 1 times, 1 visit(s) today